नियम ९६
शैक्षिक तथा सन्तति वृत्ति
(१) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा
दुर्घटनामा परी मृत्यु भएमा वा सोही कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा
त्यस्तो मृत वा अशक्त कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर नपुगुन्जेल
देहायको दरले वार्षिक शैक्षिक वृत्ति दिइनेछ ः-
(क) अधिकृत तहको कर्मचारीको प्रत्येक सन्ततिलाई दुई हजार चार सय रूपैयाँ,
(ख) सहायक तह कर्मचारीको प्रत्येक सन्ततिलाई एक हजार आठ सय रूपैयाँ ।
(२) सरकारी कामको सिलसिलामा मृत्यु भएको कर्मचारीको बढीमा दुई
सन्ततिलाई उपनियम (१) बमोजिमको शैक्षिक वृत्ति लगायत मृत्त कर्मचारी बहाल रहेको
पदको शुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले सन्तति वृत्ति दिइनेछ ः–
कर्मचारीको पद शुरु तलबको प्रतिशत
(क) बाह्रौं तहको अधिकृत ९
(ख) एघारौं तहको अधिकृत १०
(ग) दशैा तहको अधिकृत ११
(घ) नवौं तहको अधिकृत १२
(ङ) आठौं तहको अधिकृत १३
(च) सातौं तहको अधिकृत १४
(छ) छैठौं तहको अधिकृत १५
(ज) सहायक पाँचौं तह १६
(झ) सहायक चौंथो तह १७
(ञ) ………………….
(ट) …………………..
(ठ) …………………..
(३) उपनियम (२) बमोजिम वृत्ति सम्बन्धित सन्ततिले अठार वर्ष उमेर पूरा नगरे
सम्म पाउने छ ।
स्पष्टीकरण ट्ठ यस नियमको प्रयोजनको लागि “सन्तति” भन्नाले सम्बन्धित कर्मचारीको
छोरा वा छोरी सम्झनु पर्छ ।